विश्व रेबिज दिवस २०७८ विविध कार्यक्रमसाथ मनाइयो


‘रेबिजः तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नारासाथ विश्व रेबिज दिवस २०७८ विविध कार्यक्रमसाथ राजधानीमा मनाइएको छ । पशु सेवा विभाग, स्वास्थ्य सेवा विभाग र काठमाडौँ महानगरपालिकाले पदयात्रा र विचारगोष्ठीसहित संयुक्त रुपमा दिवस मनाएका हुन् ।

सन् २०३० सम्ममा रेबिजका कारण नेपालमा हुने मानिसको मृत्युलाई शून्यमा झार्ने लक्ष्य पूरा गर्न विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०, विश्व पशु स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठनले सघाइरहेका छन् । सो लक्ष्य प्राप्तिका लागि त्रिपक्षीय सम्झौता भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा सदर चिडियाखानामा मङ्गलबार विहान पदयात्रा गरिएको थियो । पदयात्रामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्णप्रसाद पौडेल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा।अनुप बास्तोला, महाशाखाका डा। रोशिका श्रेष्ठ, स्वास्थ्य सेवा विभाग, पशु सेवा विभाग, डब्लूएचओलगायत सरोकार निकायका प्रतिनिधिको सहभागिता थियो ।

महाशाखाका निर्देशक डा।कृष्णप्रसाद पौडेलले मानिसमा वन्यजन्तुबाट नै रेबिज सङ्क्रमण हुने भएकाले सचेतनाका लागि साङ्केतिक रुपमा चिडियाखानामा पदयात्रा गरिएको बताउनुभयो । त्यस्तै, सरुवा रोग अस्पतालका निर्देशक डा।बास्तोलाले कुकुरलगायत जनावरले टोकेर दैनिक १५० जनासम्म खोप लगाउन अस्पतालमा आउने गरेको बताउनुभयो ।

उहाँले रेबिज सङ्क्रमण कुकुरबाट मानिसमा सर्ने भएकाले कुकुरको स्वास्थ्य ठीक राख्न नागरिक तहमै पहल थाल्नुपर्नेमा जोड दिनुभयो । यसैबीच, विश्व रेबिज दिवसकै सन्दर्भमा राष्ट्रिय सभागृहमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्णप्रसाद पौडेलले रेबिज रोगको अवस्था, नियन्त्रणमा भइरहेका प्रयास र भावी लक्ष्य एवं योजनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालमा रेबिज रोग सार्ने मुख्य तथा जिम्मेवार जनावर कुकुर नै भएकाले कुकुरलाई रोगमुक्त बनाउनुपर्नेमा निर्देशक डा।पौडेलले जोड दिनुभयो । यस्तै, डा। रोशिका श्रेष्ठले जङ्गली जनावरको सम्पर्कमा पुगेर कुकुर सङ्क्रमित हुने र कुकुरको टोकाइबाट मानिसमा रेबिज सर्ने भएकाले समुदायस्तरमै रेबिजविरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो ।