कोरोना संक्रमितलाई निद्रा नलागेमा मृत्युको उच्च जोखिम


कोभिडको जोखिम र ‘स्लिप डिसअर्डर’को सम्बन्धबारे अनुसन्धानकर्ताले हालै एउटा अध्ययन गरेका छन् । जामा नेटवर्कमा प्रकाशित सो अध्ययनअनुसार कोभिड–१९ बाट संक्रमित मानिसमा निन्द्रा नलाग्ने वा गडबडी हुने समस्यासमेत भए यसले थप जोखिम निम्त्याउँछ ।

केही दिनअघि विज्ञद्वारा गरिएको अध्ययनले निन्द्रा नलाग्ने समस्या भएका कोभिड संक्रमितमा अस्पताल भर्ना वा मृत्यु हुने जोखिम अन्य मानिसको तुलनामा कम हुने निश्कर्ष निकालेको छ ।

जामा नेटवर्कमा प्रकाशित अध्ययन भन्छ, ‘निन्द्रामा सास फेर्न गाह्रो हुँदा र अपर्याप्त अक्सिजनका कारण गडबडी हुँदा हाइपोक्सिया कोभिड–१९ बाट संक्रमित हुने संभावना बढ्दैन । तर यसले संक्रमित पुष्टि भएका मानिसको अवस्था गम्भीर बनाउन सक्छ र कुनै-कुनै परिस्थितिमा अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्छ ।

अमेरिकाको क्लेभल्याण्ड क्लिनिकका शोधकर्ताको अगुवाइमा भएको सो अध्ययनमा ५ हजारभन्दा बढी मानिसलाई सामेल गराइएको थियो । यसमध्ये ३५.८ प्रतिशत सहभागी कोरोना संक्रमित थिए ।

उनीहरूलाई मार्च र नोभेम्बर महिनामा कोरोना पुष्टि भएको थियो । सबै संक्रमितको औसत उमेर ५६.४ वर्ष थियो र अधिकांश महिला थिए ।

निन्द्राले हाम्रो स्वास्थ्यमा ठूलो भूमिका खेलेको हुन्छ । स्वस्थ जीवनका लागि अन्य कुरासहित पर्याप्त समय निदाउन आवश्यक हुन्छ । हरेक व्यक्ति दिनमा ७ देखि ९ घण्टासम्म निदाउनु पर्ने हालसम्मका अध्ययनले देखाउँछन् ।

तर कतिपय मानिस निन्द्रा नलाग्ने वा निन्द्रामा गडबडी हुने समस्याबाट ग्रसित हुन्छन् । निन्द्रा नलाग्ने वा गडबडी हुने समस्यालाई मेडिकल भाषामा ‘स्लिप डिसअर्डर’ भनिन्छ । प्रायः अल्सर, दम जस्ता रोगबाट पीडित मानिसमा निन्द्रा नलाग्ने समस्या देखिन्छ ।

हाम्रो खानपान वा आहार विहारले समेत असर गर्ने गर्छ । जस्तोकी मादक पदार्थ सेवन र उमेर बढ्दै जाँदा समेत ‘स्लिप डिसअर्डर’को समस्या देखिन्छ । यसको एउटा कारण हामीले सेवन गर्ने औषधि समेत हो ।

त्यस्तै, हामीहरू डिप्रेसन, तनाव र जेनेटिक्सका कारण समेत राम्रोसँग निदाउन सक्दैनौं । जे जस्तो कारणले निन्द्रा नलाग्ने वा गडबडी हुने देखिए पनि यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्नेमा दुई मत छैन ।