ईन्द्रेणीकी सामाजिक गायिका कृष्णा बजगाईको बाँस काटेर चोया लोकदोहोरी गीत सार्वजनिक (भिडियोसहित)


इन्द्रेणी कार्यक्रममा दिनदुःखीहरुका बारेमा विरहका गीत प्रस्तुत गर्ने सामाजिक गायिका कृष्ण बजगाईको बाँस काटेर चोया लोकदोहोरी गीत सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली साङगितिक क्षेत्रमा नेपाली मौलिकता र कला संस्कृतिलाई प्रतिविम्वित गर्ने लोक दोहोरी गीत सार्वजनिक भएको हो ।

नेपाली गित संगीतलाई माया गर्ने स्वदेशी तथा विदेशी दर्शकहरुको मनमुटुमा बस्न सफल लोक दोहोरी गायिका बजगाई र प्रबासमा रहेर नेपा्ली गीत संगीतको क्षेत्रमा निकै लामो समयदेखि निरन्तर लागिरहेका रोशन कुताल क्षेत्रीको स्वर तथा संगीतमा केशब पौडेलको शब्द सृजनामा रहेको गित बाँस काटेर चोया सार्वजनिक भएको हो ।

चित्र मास्की मगरले निर्देशन गरेको म्युजिक भिडियोमा समिक्षा पोखरेल, रबिना भण्डारी, लोमश शर्मा र सतिश अधिकारीको अभिनय गरेका छन् ।
ईन्द्रेणी टिम र एस.थ्रीके.ईन्टरटेनमेन्टको साझेदारीमा निर्माण भएको गीतको निकै नै उत्कृष्ट बन्ने अपेक्षा गरिएको छ ।

ईन्द्रेणी युटुब च्यानलबाट कलाकार भिम पौडेल र कृष्णा बजगाईले बाँस काटेर चोया गीतको प्रस्तुत सार्वजनिक भएको छ । यो गितको पहिलो दोहोरीमा कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशनका अध्यक्ष तथा कार्यक्रम सञ्चालक कृष्ण कँडेलसहति विभिन्न ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता रहेको थियो ।

कलाकार भिम पौडेल र कृष्णा बजगाईले इन्द्रेणीमा प्रस्तुत गरेको काँस काटेर चोया बोलको गीत हेर्ने सकिन्छ ।