नेपाल–भारतबीच कोभिड भ्याक्सिन लगाएकालाई यात्रा सहज बनाउने सहमति


कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र मन्त्रालयका सचिव डा। रोशन पोखरेलबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुको यात्रा सहज बनाउन यो समझदारी पत्र भएको हो।

यसलाई दुवै देशले महत्वपूर्ण कदम बताउँदै भारत र नेपालबीचको कोभिड – १९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित बताएका छन्।