एमाले महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल


एमालेले मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको जनाएको छ । जसमा अध्यक्ष केपी ओली, उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल सहभागी छन् ।

त्यस्तै महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले गठन गरेको छ ।

त्यसमा सचिव पृथ्वी सुव्वा, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमाले महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा देशैभरवाट शक्ति प्रर्दशन गर्ने तयारी गरेको छ ।