विश्वकप एसिया छनोट : नेपाली महिला टोली आज कुवेतसँग भिड्दै


काठमाडौं, मंसिर ०९ । नेपाली महिला क्रिकेट टोलीले आज (बिहीबार) कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुनेछ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा हुनेछ ।

छनोट अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राख्न नेपालले आजको खेल पनि जित्नुपर्ने छ । प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियासँग र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ ।