मेरा खुट्टा तान्नेले प्रधानमन्त्रीको खुट्टा समातेका छन् 


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम देखिएका हुन ।
एमालेले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समेत मञ्चमा बसेका थिए ।

देउवा कार्यक्रममा सहभागी मात्र भएनन्, एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रम स्थलमा बसिरहेका थिए ।

 

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई अतिथि बनाएर राखेर सरकारबाट टिप्पणी गर्नु राम्रो नहुने बताए । ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’

अघि भने, ‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि ? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ?’
त्यस्तै कार्यक्रममा ओलीले सम्बोधन गर्दै स्थानीय तहको सरकारमा ५० प्रतिशत भन्दा बढि मत ल्याउने र संसदीय निर्वाचनबाट ठूलो पार्टी बन्ने समेत दाबी गरे ।