सत्ता गठबन्धनका शिर्ष नेताबीच भेट


प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

न्यायालयमा देखिएको विवाद समाधानका लागि नेपाल बार एशोसिएसन एक महिनादेखि लगातार आन्दोलनमा छ। उनीहरुले गठबन्धनका शीर्ष नेतालाई भेटेर न्यायालयको विवाद समाधानका लागि अग्रसरता देखाउन आग्रह गर्दै आएका छन्।

भेटमा न्यायालयको विवाद समाधानका बारेमा पनि छलफल भएको सचिवालयले जनाएको छ। त्यस्तै आजै स्वदेश फर्केका सभामुख अग्निप्रसाद सापकोटाले समेत न्यायल रसंसदको विवाद समाधान गर्ने बताएका छन् ।

यता नेपाल बार एशोसिएसनका र सर्वोच्च अदालतका न्यायधिशहरुसँग छलफल गर्दै छन् भने शिर्ष नेतासँगको भेटपछि माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको छ ।