गर्भवती महिलालाई नेपालमा कोरोना विरुद्धको खोप लगाउन अनुमती


नेपाल सरकारले गर्भवती महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन सक्ने अनुमति दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रले पहिलो त्रैमासिकपछि गर्भवती महिलाले कोरोना भाइरस विरुद्धको खोप लगाउन सक्ने अनुमति दिएको हो ।

चिकित्सकहरुको परामर्शमा त्यस्ता महिलाहरुले सहज रुपमै खोप लगाउन सक्ने भन्दै खोपकबाट आमा र बच्चा दुवैलाई फाइदा पुग्ने स्पष्ट भैसकेको बताएका हुन ।

१८ वर्ष माथि उमेर समूहका सबै नागरिकले हरेक जिल्ला स्वास्थ्य कार्यालय तथा सरकारी अस्पतालका साथै पालिकाहरुको समन्यमा सञ्चालित स्वास्थ्य केन्द्रहरुमा पुगी खोप लगाउन सक्ने स्पष्ट पारेको हो ।

कोरोनाको जोखिमबाट बच्न सक्ने उत्तम विकल्प भनेकै स्वास्थ्यमा मापदण्ड पूर्णरुपमा पालना गर्ने र कोरोना खोप लगाउने भएको स्वास्थ्यका विज्ञहरुले बताएका छन् ।

प्रदेश नम्बर २ मा खोप लगाउने कमी

प्रदेश नम्बर २ मा सबै भन्दा बढि जनसंख्या भएपनि खोप लगाउने संख्याको अनुपात भने यही प्रदेशमा कमी छ । जनसचेतना तथा खोप प्रतिको बुझाईमा परेको समस्या, राजनीतिक दल तथा सरोकारवाला निकायका कम सक्रियताका कारण खोप लगाउनमा समस्या भएको हो ।

खोप अहिले प्रदेशको मागका आधारमा प्रदेश हुदै जिल्ला र स्थानीय तहसम्म पुगेको भएपनि प्रदेश नम्बर २मा खोपको माग कम भएको हो । जसको प्रभाव मानिसमा खोपको मात्रा पुग्न सकेको छैन ।

दैनिक २ लाख खोप लगाउने सरकारको निर्णय स्वास्थ्य मन्त्रालयले भेट्न सकेन

सरकारले दैनिक न्यूनतम २ लाखलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्ले सो मात्रामा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।

तर, खोप अभियानको गति भने निकै सुस्त छ। पछिल्लो १० दिनको तथ्यांक हेर्दा जम्मा २ दिन मात्रै २ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन्। नेपालमा अहिले पनि ४६ लाख मानिसहरुले एक मात्रा पनि कोरोना विरुदको खोप लगाएका छैनन । सरकारसँग प्राप्त मात्रामा खोपको मौजात भएपनि आवश्यक प्रचारप्रसारको सरकारी पहलको कमीका कारण खोप लगाउन नसकेकोमा सरोकारवालहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारी लक्षय भेट्नै समस्या

सरकारले नै दैनिक २ लाख बढीलाई खोप लगाउने जनशक्ति र स्रोतसाधन रहेको बताउँदै आए पनि पछिल्लो १० दिनमा मंसिर १४ र १५ गतेबाहेक खोप लगाउनेहरुको संख्या २ लाखभन्दा कम देखिएको छ।

पछिल्लो १० दिनमा खोप लगाउनेको संख्या

मंसिर ६ गते – ७१,४८३
मंसिर ७ गते – ९८,५११
मंसिर ८ गते – १,४७,२६२
मंसिर ९ गते – १,१७,८८४
मंसिर १० गते – १,९६,८५३
मंसिर ११ गते – १,१५,४३४
मंसिर १२ गते – १,२७,६११
मंसिर १३ गते – १,४४,५३४
मंसिर १४ गते – २,११,५५३
मंसिर १५ गते – २,२७,५८४
मंसिर १६ गते – १,४१,५५७

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भने मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक २ लाखलाई खोप लगाउन सकिने बताउँछन्।

‘दैनिक दुई लाखलाई खोप लगाउन सम्भव भएको भन्दै स्वास्थ्य मन्त्रालयको परिवार कल्याण तथा खोप शाखा प्रमुख डा. सागर दाहालले सबै क्षेत्रबाट सहयोग हुनुपर्ने धारणा राख्नुभयो । आफुहरुसँग खोप र जनशक्ति प्रयाप्त मात्रामा भएपनि खोप लगाउन आउने मानिसहरुको चाप कमी भएको बताए ।

सरकारले पुस मसान्तसम्म लक्षित समूहको ६६ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ। दैनिक १ लाख खोप लगाए मात्रै सो लक्ष्य भेट्टाइसक्ने दाहालको भनाई छ ।

सरकारले राखेको दैनिक २ लाख खोप लगाउने लक्ष्यका लागि खोप अपुग नहुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हालसम्म २ करोड ७० लाख मात्रा खोप नेपाल भित्रिसकेको छ। हाल ५५ लाख खोप मौज्दात छ।

दैनिक २ लाखलाई लगाउन चाहिने खोप मौज्दात रहेका र अनुदान तथा खरिद मार्फत खोप आउने क्रम समेत जारी रहेकोले पाइपलाइनमा भएको हुँदा खोपको समस्या नभएको बताएका छन् । अधिकारीका अनुसार डिसेम्बर–जनवरीसम्म थप ३ करोड मात्रा खोप नेपाल आइपुग्नेछ।

खोपविज्ञ डा. श्याम उप्रेतीले एक समय देशभर ५० हजार बुथबाट दादुराको खोप लगाइएको सम्झिँदै अब नागरिकलाई खोप केन्द्रसम्म ल्याउने योजना बुन्नुपर्ने बताउँछन्।

‘हाम्रो खोप लगाउने प्रणालीले दैनिक दुई लाख मान्छेलाई खोप लगाउन सकिन्छ तर त्यति मान्छे खोप केन्द्रसम्म ल्याउनुपर्यो। अबको ध्यान त्यता केन्द्रित गर्नुपर्छ,’ उनले भने।

खोपका बारेमा थुप्रै मानिसहरु अझै पनि अलमलमा रहेकाले उनीहरुलाई यसको महत्व बुझाएर खोपकेन्द्रसम्म ल्याउनुपर्ने उनको भनाइ छ।

सकेसम्म घरनजिक खोप केन्द्र बनाएर बढीभन्दा बढी नागरिकलाई खोप लगाउने मन्त्रालयको अबको रणनीति रहेको मन्त्रालयका सहप्रवक्ता समीरमणि अधिकारीले बताए।

‘मान्छे खोजेर लगाउने रणनीतिमा छौँ। पब्लिकको आवश्यकता अनुसार, जनप्रतिनिधिले भने बमोजिम खोप केन्द्र थप्दै लगेका छौँ,’ अधिकारीले भने, ‘घरनजिक खोप केन्द्र हुँदा सहजै खोप लगाउन आएको देखियो। त्यही अभियानमा अहिले हामी छौं।’

कोरोना भाइसरबाट बाच्न रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्नु नै पहिलो प्राथमिकता हुने भएकाले खोपलाई नै संससभरी समाधानको उपायको रुपमा लिइएको छ । त्यसैले नेपाल सरकारले पनि खोप आफुलाई पायक पर्ने स्थानमा पुगी खोजी खोजी लगाउन सुबैमा आग्रह गरेको छ । स्वास्थ्य संस्थाले मानिसहरु भिडभाड हुने स्थानमा समेत खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

नेपालमा पहिलो पटक २०७७ साल माघ ९ गते कोरोना भाइरसका विरामी भेला परेका थिए । पहिलो पटक कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु भएको थियो । २०७८ साल जेष्ठ ३ गते नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।