![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/12/121866405_gettyimages-1319782169.jpg?fit=800%2C450&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2021/12/121866405_gettyimages-1319782169.jpg?fit=800%2C450&ssl=1)
काठमाडौं, मंसिर २०। भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ। पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अाठ जनामा ओमिक्राेन देखिएकाे हाे।
याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ। भारतमा दक्षिण काेरियाबाट अाएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ।
यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे। अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।