स्पेनमा रहेको मेसीको होटल तत्काल भत्काउन अदालतको आदेश


एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ । डेली मेलका अनुसार मापदण्डविपरित होटल बनाएको भन्दै अत्याधुनिक सुविधासम्पन्न होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो ।

उक्त होटेल २६ मिलियन पाउण्ड लगानीमा बनेको छ । मेसीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए । ७७ वटा कोठा रहेको यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ।