आजको राशिफल : मंसिर २२ गते, बुधबार


मेष : आर्थिक अभावका कारण पारिवारिक जीवनमा समस्या आउनेछ । मनमा अनेकौं भावहरू उठ्नेछन् । प्रेमिका देखि धोका पाइनेछ। मध्यान्ह देखि भने केहि राम्रो हुने सम्भावना छ ।

वृष : प्रस्तावित तर रोकिएको प्रेम आज पुनः स्वीकार हुनेछ । आजको दिन हजुरको प्रेम दिवस रहनेछ । अध्ययनमा रुचि जाग्नेछ मनमा उमङ्गको वृद्धि हुनेछ । आर्थिक सुधार देखिन्छ ।

मिथुन : व्यपार व्यवसायमा राम्रो हुनेछ राजनैतिक क्षेत्रका व्यक्तिहरु संगको सहयोग मिल्नेछ पारिवारिक झन्झट आउने छ धैर्य गर्नुहोला ।

कर्कट : स्वास्थ्यमा केहि समस्या आउने हुदा महत्व पूर्ण भेटघाट रोकिने छ अध्ययनमा अगाडी बढ्नु हुनेछ रोकिएका केहि आर्थिक मामिला मिल्ने छन् ।

सिंह : सम शत्रु हुनेछन् निकै चनाखो रहनु होला । नसोचेको तर सहपाठी वा नजिकैको मित्र देखि प्रेम प्रस्ताव आउने मनमा द्विविधा हुनेछ । त्यसैले आजको दिन निकै तनावपूर्ण बित्नेछ । आर्थिक क्षेत्र राम्रै रहने छ।

कन्या : आफ्नो भन्दा पनि अरुकै काममा दिन बित्नेछ । मध्यान्ह देखि व्यवसायमा राम्रै प्रगति हुनेछ । मित्रजनको सहयोग मिल्नेछ । रोकिएका कार्यहरू आगाडी बढ्ने छन् ।

तुला : स्वास्थ्यमा सामान्य आउने छ । महत्वपूर्ण नियुक्ति तथा आर्थिक उन्नति हुने हुँदा आजको दिन उमङ्गका साथ बित्नेछन् । प्रेमिका द्वारा धाका पाईने देखिन्छ । व्यवहारमा सुधार ल्याउनु होला ।

वृश्चिक : नसोचेको व्यक्ति देखि आर्थिक सहयोग मिल्नेछ । स्वास्थ्यले साथ दिने छ । अध्ययनमा सफलता मिल्ने छ । दाम्पत्य जीवनको सम्बन्ध अगाडी बढने छ । राजनैतिक उपलब्धि मिल्नेछ ।

धनु : बोलिको प्रभाव बढ्ने छ । आफन्तहरू शत्रु जस्तो व्यवहार गर्नेछन् । विद्यार्थी वर्गको लागि निकै राम्रो समय रहने छ । व्यपार व्यवसायमा राम्रो उपलब्धि मिल्नेछ प्रेमसम्बन्धमा केहि झन्झट हुनेछ । सन्ध्याकाल देखि राम्रो कुरा सुन्न पाइने छ ।

मकर : सामान्य कुराले गर्दा विवाद बढ्नेछ । संयमित रहनुहोला स्वास्थ्यको कारणले गर्दा आर्थिक नोक्शानी हुनेछ । विहानै देखि खानपानमा ध्यान दिनु होला । प्रेमको सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ : मन पाराइएको प्रस्ताव राखिएको तर रोकिएको प्रेमसम्बन्ध आज स्वीकार हुनेछ । आजको दिन हजुरको लागि प्रेमदिवस रहनेछ । प्रस्ताव राख्नुहोस् स्वीकार हुनेछ । आर्थिक क्षेत्रमापनि राम्रै सुधार हुने छ ।

मीन : आर्थिक तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । प्रेमिका द्वारा धोका पाइएता पनि नयाँ सम्बन्ध अगाडी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । अध्यनको लागि यात्रा तथा सफलता मिल्नेछ ।