विदेशी हस्तक्षेप रोक्न कांग्रेसलाई सीपी मैनालीको आग्रह


नेकपा मालेका महासचिव सिपी मैनालीले बाह्य हस्तक्षेप रोक्न नेपाली कांग्रेस बोल्नु पर्ने बताएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिँदै मैनालीले नेपालमा पटक पटक परिवर्तन भएपनि बाह्य हस्तक्षेप नरोकिएको बताएका हुन ।

‘२००७ सालमा नेपाली कांग्रेस विश्वेश्वरको अगुवाइमा प्रजातन्त्रको सुरुवात गर्यौं। तर बाह्य हस्तक्षेपले छोडेन । २०४६ सालमा र २०६२र०६३ मा पनि बाह्य हस्तक्षेपले छाडेन। हाम्रो ध्यान किन यता जाँदैनरु’, महासचिव मैनालीले भने।

कांग्रेसका प्रतिनिधिले जनता, देश र लोकतन्त्र प्रतिको जिम्मेवारीलाई हृदयमा राखेर एकताको महाधिवेशनको रुपमा सफल पार्ने मैनालीले विश्वास व्यक्त गरे।

नेपालमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नआएको बताए।

यस्तै संसद छलेर अध्यादेशबाट देश चलाउन खोजिएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले अग्रसरता देखाउनु पर्ने बताए।

सत्ता र प्रतिपक्षले भागबण्डा गर्दै देश चलाउने गरेको भएपनि अहिले न्यायपालिकासँग भागबण्डा भइरहेको र यसले न्याय निष्पक्ष हुन नसक्ने उनले बताए।

संघीयताको संरचनाले खर्च मात्रै बढाएको मैनालीको टिप्पणी छ।
राप्रपाको महाधिवेशनमा समेत मैनालीले विदेशी हस्तक्षेप रोक्न आग्रह गरेका थिए ।