![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2024/01/nirwachan.jpg?fit=1200%2C573&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2024/01/nirwachan.jpg?fit=1200%2C573&ssl=1)
राष्ट्रिय सभाको निर्वाचन बिहीबार हुँदैछ। रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभाको निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जानकारी दिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन्। प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता हुन्।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ। कोशीमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन्। यस्तै, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो। एक पद भने राष्ट्रपतिबाट मनोनीत गरिने छ। सेतोपाटिबाट…