नेपाली समाज टेक्सास संस्थाको प्रवक्तामा निवर्तमान उपाध्यक्ष किरण पौड्याल


‘नेपाली समाज टेक्सास’ले संस्थाको प्रवक्तामा निवर्तमान उपाध्यक्ष किरण पौड्याललाई मनोनित गरेको छ । संस्थालाई थप व्यवस्थित गर्न र सहज रुपमा सूचना प्रवाह गर्न निर्वाचित कार्यसमितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार नेपाली समाज टेक्सासले स्थापनाको २५ वर्षको इतिहासमा पहिलो पटक ‘प्रवक्ता’ पाएको हो । सोही बैठकबाट ग्लोबल नेपाली पाठशालाको प्रिन्सिपलमा डा। भोजबहादुर बलायरलाई मनोनित गरिएको संस्थाले जनाएको छ । मनोनित गरिएका सबै जनालाई अध्यक्ष वाग्लेले पद तथा गोपनियताको पद सपथ गराएका थिए ।

संस्थाले नेपाली समुदायको बृहत सहभागितामा समुदायमा गर्नुपर्ने कामको सन्दर्भमा सुझाव संकलन कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष वाग्लेले बताए । प्रवक्ता नियुक्त भएसँगै आफूलाई थप जिम्मेवारी बोध भएको पौड्यालले बताए । ‘निवर्तमान उपाध्यक्ष भैरहदा ‘प्रवक्ता’ बनेर नयाँ ऊर्जाको साथ फेरी समाजमा काम गर्न आएको छु । आवश्यकता अनुसार नेतृत्व दिने र समाजसेवकको रुपमा सँधै आफूलाई प्रस्तुत गरिरहने छु’, उनले भने । रातोपाटीबाट…