ललितपुर निवासी सन्दीप तामाङ लण्डनमा मृत फेला


ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा मृत फेला परेका छन् । लन्डनस्थित हेज क्षेत्रका प्रहरीले २० जनवरीमा उनको शव फेला पारेको थियो । शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो । अन्ततः दूतावासको पहलमा मृतक तामाङको परिवारसँग सम्पर्क भएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालले जानकारी दिए । केहि समय अगाडि स्किल भिसा अन्तर्गत बेलायत आएका तामाङ पछिल्लो समय परिवारका सदस्यसँग पनि सम्पर्कविहीन रहेका थिए ।

उनको मृत्युको वास्तविक कारण पत्ता नलागेको र यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । उनको शव बुझ्ने र नेपाल पठाउने वा बेलायतमा नै अन्त्येष्टि गर्ने सबन्धमा मृतकका परिवारसँग दूतावासले पहल गरिरहेको छ । रातोपाटीबाट…