ऋचा सह-शिक्षा सदनका बालबालिकालबाट अटिजम केयर सेन्टरलाई सहयोग हस्तान्तरण


दिपक के.सी., काठमाण्डौं । ऋचा सह-शिक्षा सदनमा अध्ययनरत बालबालिकाले अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह९शिक्षा सदनका विद्यार्थीले यसै नगरपालिका १२ नम्बर बडा बलम्बुमा सञ्चालित अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । ऋचा सह-शिक्षा सदनमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले फुड फेस्टीवलमा आफ्नै हातबाट खाना खाजा तयार पारी बिक्रीबाट प्राप्त रकम अटिजम भएका बालकालिकाका लागि सहयोग होस भनेर हस्तान्तरण गरेका हुन । महिला उत्प्रेरणा विकास मञ्च नामक संस्थाले एक वर्षदेखि अटिजम भएका बालबालिकाहरुलाई व्यवहारिक शिक्षण सिकाई प्रक्रिया मार्फत केयर सेन्टर सञ्चालन गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यार्थीले आफुहरुले आम्दानी गरेको रकम सामाजिक कार्यमै हस्तान्तरण गरेको बताएका छन् । महिला उत्प्रेरणा विकास मञ्चलाई अटिजम भएका बालबालिकाहरुको हेरचाहमा केही सहयोग होस भनि हस्तान्तरण गरेको बताए ।

default

उनीहरुले विद्यालयका सञ्चालक तथा शिक्षाप्रेमी नवराज खड्काले आफुहरुले सिप मार्फत तयार पारेका खानेकुरा बिक्री भई प्राप्त भएको रकममा केही थप गरी सामाजिक कार्यमा उत्प्रेरणा थपेको प्रति विद्यालय परिवारलाई धन्यवाद दिएका हुन । यस्तै मञ्चकी अध्यक्ष गिता कुमारी घिमिरेले ऋचा सह-शिक्षा सदनमा अध्धयनरत विद्यार्थीहरुले सामाजिक कार्यमा सक्रिता देखाई मानवीय भावनात्मक सहयोगमा जुटेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सामाजिक कार्यमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।घिमिरेले अटिजम भएका बालबालिका तथा दिनको हेरचाहका बारेमा विद्यार्थीलाई जानकारी गराउन पाउँदा खुशी लागेको भन्दै समाजमा अटिजम भएका बालबालिकाहरुलाई हेरचाह केन्द्रसम्म पुर्याई उनीहरुको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रमले निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै विद्यालयका बालकालिकाले अनाथ बालबालिका संघ ललितपुरलाई समेत सहयोग हस्तान्तरण गरेका हुन । गत वर्ष पनि विद्यार्थीले आम्दानी गरेको रकम बृद्धाश्रममा हस्तान्तरण गरी सामाजिक कार्यमा जुटेका थिए । विद्यालयले उही माघ १३ गते फुड बेस्टीवल कार्यक्रम सम्पन्न गरेको थियो । विद्यार्थी सामाजिक कार्यमा लागेकोमा विद्यालय परिवारले अभिभावक तथा शुभचिन्तकहरु प्रति आधार प्रकट गर्दै निरन्तरताको लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
यसैबीच अटिजम केयर सेन्टर सञ्चालनको लागि कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले स्थापनाको सुरुमा एक लाख पाँच हजार एक रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको थियो ।