भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्छ : भरत जङ्गम


भ्रष्टाचारविरोधी शास्त्रका संस्थापक, लेखक एवं कानुनविद् भरत जङ्गमले भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले २०५१ सालदेखि नै भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर लागिरहेको बताए । अहिले भ्रष्टाचारविरुद्ध कुनै पनि कानुन नबनेको र भएका केही कानुनपनि कमजोर रहेको उनको दाबी छ ।
भ्रष्टाचार निर्मूल गर्ने हो भने यो देशमा मृत्युदण्डको कानुन बनाउन पर्छ । मृत्युदण्डको कानुन नबनाउन पर्ने कारण के ?’ उनले प्रश्न गर्दै भने, ‘अमेरिकाले मानव अधिकारको कुरा गर्छ । अमेरिकामा मृत्युदण्ड छैन ? चीनमा हरेक हप्तामा एउटालाई झुण्ड्याइन्छ । भ्रष्टाचार गर्ने व्यक्तिलाई सर्वस्व हरणसहित मृत्युदण्ड गर्नुपर्छ ।’