![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2024/02/babu.jpg?fit=1920%2C1080&ssl=1)
![](https://i0.wp.com/www.indreni.com/wp-content/uploads/2024/02/babu.jpg?fit=1920%2C1080&ssl=1)
नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैं ती देशहरुको झण्डा र टापुहरु चिनेको बताईन् । अब आफूहरुको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरुप ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताईन् ।
‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’– उनले भनिन् । विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झण्डाहरु देखाइएको थियो । उनले ती झण्डाहरु सहजै चिनेका थिए । विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् ।