दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु


दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति ८ बजे घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। मृतक घोराही उपमहानगरपालिका–४ का ३० वर्षीय नारायण शर्मा छन्। उनी पनि टिपर चालक हुन्।मोड्ने क्रममा रा १ क १२७८ नम्बरको टिपरले शर्मालाई ठक्कर दिएको थियो। ठक्करपछि घाइते भएका उनलाई घोराहीस्थित राप्ती स्वास्थ्‍य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने सवारी चालक ३० वर्षीय बसन्त जिएमलाई पक्राउ गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनापछि मृतकका आफन्तले उद्योगमा क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरिरहेका छन्।
सेतोपाटीबाट….