

देशमा केही गर्न सकिँदैन भन्ने सोच बोकेर ठूलो संख्यामा युवा विदेशिनु सामान्य जस्तै बनेको छ। तर यही समयमै केही युवाहरू नेपालमै सम्भावना देखेर अग्रसर भइरहेका छन्।
२४ वर्षदेखि काठमाडौँको नयाँबजारमा फलफूल व्यवसायमा संलग्न अग्नि कँडेलसहित ४ जनाको समूहले यो पेशालाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्यले ‘फल फ्रुट्स’ ब्रान्ड अन्तर्गत पहिलो आउटलेट सुरु गरेका छन्।
हिजोआज आम उपभोक्ता मानसिक र शारीरिक रूपले स्वस्थ रहन ताजा फलफूलका जुस फलफूल खान रूचाउन थालेपछि यतिबेला राजधानीका प्रमुख चोकहरूमा फलफूल र जुसका पसल धमाधम बढ्दै गइरहेको छ ।
आम उपभोक्ता लाई गुणस्तरीय ताजा फलफूल जुस बिक्रीवितरण गर्ने उदेश्यका साथ कम्पनी फ्रुट्स प्रालिले करिब १५ लाख रुपैयाँको प्रारम्भिक लगानीमा पहिलो आउटलेट काठमाडौँको सोल्टीमोडमा सञ्चालनमा ल्याएको छ। “ताजा फलफूल र स्वादको नाम” नारासहित खुलेको यो स्टोरमा विभिन्न प्रकारका ताजा फलफूलहरू सजिलै उपलब्ध छन्।
कम्पनीका सञ्चालक कँडेलका अनुसार, आउँदो पाँच वर्षभित्र ५० आउटलेट सञ्चालन गर्ने योजना छ। यसमा धेरैजसो आउटलेटमा कम्पनी आफैंले लगानी गर्नेछ भने केही फ्रेन्चाइजी मोडेलमार्फत सञ्चालन गरिनेछ।
फ्रेन्चाइजी साझेदारलाई पसल निर्माण, आवश्यक फलफूलको आपूर्ति, र बिक्रीसम्बन्धी तालिम कम्पनीले नै दिनेछ। साथै, केही आउटलेट कम्पनीकै प्रत्यक्ष व्यवस्थापनमा सञ्चालन गरिनेछन्। ई–कमर्समार्फत बिक्री गर्ने तयारी पनि भइरहेको कम्पनीले जनाएको छ, जसले युवाहरूमाझ आधुनिक र प्राविधिक व्यवसायप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।
एक आउटलेट सञ्चालन गर्न १० देखि १५ लाख रुपैयाँसम्म लगानी लाग्ने अनुमान गरिएको छ। यस्ता स्टोरहरूबाट ५ देखि ७ जनासम्मलाई प्रत्यक्ष रोजगारी दिने क्षमता हुने कम्पनीको दाबी छ।अहिले कम्पनीमा अग्नि कडेल ,दिलाराम कडेल ,टीका कार्की वेद प्रसाद कडेल ,रहनु भएको छ ।अहिले आम उपभोक्ता आफ्नो स्वास्थ्यको लागि स्वस्थ रहन
बजारमा आएको प्याकेजिङ जुस भन्दा तत्काल बनाएको ताजा हाइजेनिक जुस तर्फ आकर्षित हुदै गएपछि बजारमा फलफूल जुस पसल खुल्ने क्रम बढेर गइरहेको मात्रै छैन केही बेरोजगार युवाहरूले यहीँ रोजगारी समेत पाउदै गएकाछन् ।नेपालमै सम्भावना खोज्दै आत्मनिर्भर बन्ने यी युवाको प्रयासले अरूलाई पनि सोच बदल्न प्रेरणा दिने विश्वास लिएको छ।
हिडेन खवरबाट…