काठमाडौं, आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा ९एमाले०का नेता महेश बस्नेत यतिबेला मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय देखिएका छन्। विभिन्न क्षेत्रका घरदैलो कार्यक्रम तथा जनभेटघाटमार्फत उनले मतदातासँग संवाद बढाउँदै सहानुभूति र समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
चुनावी अभियानका क्रममा बस्नेतले विगतमा आफूले गरेको विकास प्रयास, युवा लक्षित कार्यक्रम तथा पूर्वाधार विस्तारका योजनाबारे मतदातालाई जानकारी गराउँदै आएका छन्। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तहमा आयोजित कार्यक्रमहरूमा सहभागी मतदाताले पनि विकासको निरन्तरता, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारको अपेक्षा राखेका छन्। केही मतदाताले राजनीतिक उतारचढावका बीच पनि निरन्तर जनतामाझ पुगेको भन्दै बस्नेतप्रति सहानुभूति व्यक्त गरेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का कार्यकर्ताहरू समेत अभियानमा सक्रिय रूपमा खटिएका छन्। पार्टीका अनुसार मतदाता केन्द्रित कार्यक्रमले चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवारहरू मैदानमा सक्रिय बनेका छन् भने मतदाता आकर्षित गर्न घरदैलो, अन्तरक्रिया तथा साना–ठूला सभाहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार मतदाताको मन जित्ने प्रतिस्पर्धा आगामी दिनमा अझ चर्किने देखिएको छ।
