समाचार अनुसार उक्त आक्रमणमा इरानका रक्षा मन्त्रालय, गुप्तचर संयन्त्र तथा इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स ९क्ष्च्न्ऋ० का शीर्ष अधिकारीहरू निशानामा परेका थिए। इजरायली पक्षले “धेरै ठूलो संख्यामा नेतृत्व तह समाप्त गरिएको” दाबी गरेको छ, जसमा करिब ४० जना उच्च अधिकारी मारिएको उल्लेख गरिएको छ।
के भन्छ इरान ?
इरानले भने इजरायलको दाबी पूर्ण रूपमा स्वीकार गरेको छैन। इरानी अधिकारीहरूले केही कमाण्डर गुमेको सम्भावना स्वीकार गरे पनि ठूलो संख्यामा क्षति भएको दाबीलाई अतिरञ्जित बताएका छन्।
क्षेत्रीय तनाव झन् चर्किने संकेत
विश्लेषकहरूका अनुसार सैन्य नेतृत्वमाथि गरिएको यस्तो आक्रमणले मध्यपूर्वमा युद्ध थप फैलिन सक्ने खतरा बढाएको छ। इरानले प्रतिकार गर्ने चेतावनी दिइसकेको छ भने संयुक्त राष्ट्रसंघमा आपतकालीन छलफलसमेत भएको छ।
