प्रधानमन्त्री सुशीला कार्कीद्धारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले केही बेरअघि सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् । बैठक साँझ ५ बजेलाई बोलाइएको हो । मध्यपूर्वका एक दर्जन देशमा तनाव बढेको छ ।