इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको खबर सार्वजनिक भएपछि पाकिस्तानका विभिन्न सहरहरूमा हिंसात्मक प्रदर्शन भड्किएको छ। प्रदर्शनका क्रममा झडप, आगजनी र सुरक्षाकर्मी तथा प्रदर्शनकारीबीच भएको भिडन्तमा कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विशेषगरी कराची, लाहोर र इस्लामाबादमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। केही स्थानमा सरकारी भवन, सवारी साधन तथा व्यापारिक केन्द्रमा तोडफोड र आगजनी भएको बताइएको छ। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र रबर बुलेट प्रयोग गरेको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि केही क्षेत्रमा कर्फ्यु समेत लगाइएको छ। अधिकारीहरूले हिंसा फैलिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्।
विश्लेषकहरूका अनुसार खामेनीको हत्या सम्बन्धी घटनाले मध्यपूर्वको तनाव दक्षिण एशियासम्म फैलिएको संकेत दिएको छ। धार्मिक तथा राजनीतिक संवेदनशीलताका कारण पाकिस्तानमा जनभावना चर्किएको देखिएको छ।सरकारले नागरिकलाई संयमता अपनाउन र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै शान्ति कायम राख्न अपिल गरेको छ।
