दिपक के.सी., काठमाण्डौं। प्रतिनिधि सभाको निर्वाचनको अवसरमा आज देशभर मतदान प्रक्रिया सुरु भएको छ। यसैक्रममा, रास्वपा सभापति रवी लामिछाने पनि बिहानै मतदान केन्द्र पुगेर आफ्नो मत प्रयोग गर्नुभयो। लामिछानेले लोकतान्त्रिक प्रक्रियामा सक्रिय भाग लिनु महत्वपूर्ण भएको उल्लेख गर्दै सबै नागरिकलाई मतदानमा सहभागि हुन आह्वान गर्नुभयो।
मतदान केन्द्रमा लामिछानेको उपस्थितिले अन्य मतदातामा पनि उत्साह थपेको देखियो। सुरक्षाकर्मी र निर्वाचन अधिकृतहरूले मतदानको प्रक्रिया सहज र व्यवस्थित बनाउन सबै तयारी पूरा गरेका थिए। मतदानको यस अवसरमा लोकतन्त्रको महत्त्वपूर्ण पक्ष र नागरिकको सक्रिय सहभागितालाई उच्च मूल्याङ्कन गरिएको छ।
