दिपक के.सी., काठमाण्डौ । आज देशभर प्रतिनिधि सभा निर्वाचनको अवसरमा मतदान प्रक्रिया उल्लासका साथ सुरु भएको छ। बिहानैदेखि मतदान केन्द्रहरूमा लामो लाइन देखिएको छ र नागरिकहरू उत्साहपूर्वक आफ्नो मत प्रयोग गर्न आएका छन्। मतदानले जनताको लोकतन्त्रप्रतिको विश्वास र सक्रिय सहभागिता झल्काने मतदाताले बताए।

काठमाण्डौ उपत्यकाका प्रमुख मतदान केन्द्रहरूमा बिहानैदेखि भीड लागेको छ। नागरिकहरूले सुरक्षाकर्मी र निर्वाचन अधिकृतको सहयोगमा आफ्नो मतदान पूरा गरिरहेका छन्। पहाडी, तराई, हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा समेत नागरिकहरूको उत्साहपुर्वक भिंड देखिएको छ ।

पूर्व प्रधानमन्त्री, वरिष्ठ नेता, सामाजिक प्रभावशाली व्यक्तिहरू, तथा सञ्चालकहरूले मतदानमा भाग लिएर जनतालाई प्रेरित गराएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल, तथा अन्य वरिष्ठ नेताहरूले आफ्नो मत प्रयोग गरेर लोकतन्त्रको महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेका छन्।

आजको मतदानले देखाएको उत्साह र सहभागी जनताको संख्या भविष्यका निर्वाचनहरूमा लोकतन्त्रको मजबुत आधार तयार पार्ने विश्वास जगाउँछ। वरिष्ठ नेताहरू र सार्वजनिक व्यक्तित्वको सक्रिय सहभागिताले पनि जनतालाई आफ्नो अधिकार प्रयोग गर्न प्रेरित गराएको छ ।



