मकवानपुरमा १२ प्रतिशत मत खस्यो


मकवानपुर । मकवानपुर जिल्लामा बिहान ९ बजेसम्म करिब १२ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म १२ प्रतिशत मत खसेको हो ।

बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा उत्साहपूर्वक शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।मकवानपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २ वटा निर्वाचन क्षेत्रको १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र रहेका छन् । रातोपाटीबाट..