दिपक.के.सी.,काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्की ले आज काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा मतदान गर्दै लोकतन्त्रमा आफ्नो सक्रिय सहभागिता जनाउनु भएको छ। विहानको छिटो समयमै मतदान केन्द्र पुग्दै उहाँले नागरिकको अधिकार प्रयोग गर्ने महत्त्वपूर्ण सन्देश दिनुभएको छ।
प्रधानमन्त्री कार्कीले मतदान पछि पत्रकारहरूसँग छोटो संवाद गर्दै भन्नुभयो, “जनताको विश्वास र अपेक्षाअनुसार काम गर्ने अवसर हामीलाई मतदान मार्फत प्राप्त हुन्छ। यसैले प्रत्येक नागरिकले आफ्नो मत अवश्य प्रयोग गर्नु पर्छ।”
