ओली र बालेनलगायत उम्मेदवार रहेको झापामा शान्तिपूर्ण मतदान


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ ।

झापा–५ का बिभिन्न मतदान केन्द्रमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ ।

सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० लगायत उम्मेदवार छन् । झापा क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।