चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा हालसम्म नेकपा (एमाले) का उम्मेदवारहरूले चार निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणामअनुसार तेह्रथुम–१ मा एमालेका भानुभक्त ढकाल १ हजार २६२ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै स्याङ्जा–१ मा मिनप्रसाद गुरुङ १ हजार ९६०, रूपन्देही–४ मा प्रमोदकुमार यादव २ हजार ६९८ र बाँके–२ मा मोहम्मद इश्तियाक राई १ हजार ४८५ मतसहित अग्रता बनाइरहेका छन्। हाल देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेको छ ।