दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु


दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन पश्चात् बसेको सर्वदलीय बैठकपछि आज बिहानदेखि मतगणना सुरु गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको जनाएइको छ ।