काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी


काठमाडौँ, काठमाडौं क्षेत्र नम्बर(६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।

२०७९ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ ुसबुजु ले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो भएका छन् । केही समय उनी शिक्षामन्त्रीसमेत बनेका थिए ।

काठमाडौं(६ मा ४३ हजार ८ सय ६८ मत खसेको थियो । निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन ।

२०७९ मा तत्कालीन सत्ताधारी गठबन्धनका भीमसेनदास प्रधान र प्रमुख प्रतिपक्षी दल एमालेका सर्वेन्द्र खनालसँग चुनावी प्रतिस्पर्धा गरेका खनाल ५ हजार २ सय ९३ मतान्तरमा विजयी भएका हुन् । उनले १४ हजार २ सय ४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका थिए । कांग्रेसका प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरेका थिए ।