काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी


काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ भारी मतान्तरले विजयी भएका हुन्।उनले २४ हजार ५ सय ९२ मत ल्याएका छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।उज्यालो नेपालका उम्मेदवार राजन खड्गीले एक हजार ३३ मत ल्याएका छन्।यससँगै काठमाडौंका १० क्षेत्रमध्ये रास्वपाले ३ क्षेत्र जितिसकेको छ।