बाँके–३ बाट खगेन्द्र सुनार विजयी


फराकिलो मतान्तरसहित प्रतिनिधिसभामा प्रवेश, मतदाताले नयाँ नेतृत्वप्रति देखाए भरोसा

दिपक के.सी.,नेपालगञ्ज ।
बाँके निर्वाचन क्षेत्र नम्बर–३मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा खगेन्द्र सुनार विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सुनारले आफ्ना प्रतिस्पर्धी उम्मेदवार नेकपा ऐमालेका उम्मेदवार सुमन मल्ललाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार सुनारले २९,५५१ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पार्न सफल भएका हुन्। मतगणनाको सुरुवातदेखि नै अग्रता कायम राखेका उनले अन्तिम परिणामसम्म सो अग्रता जोगाउँदै विजय हासिल गरेका हुन्।

बाँके–३ मा भएको प्रतिस्पर्धालाई यसपटक निकै चासोका साथ हेरिएको थियो। चुनावी अभियानका क्रममा सुनारले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका थिए। मतदाताले पनि ती प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै उनलाई जिताएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।