प्रतिस्पर्धात्मक चुनावमा प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिनिधिसभामा प्रवेश, मतदाताको विकास र समावेशी नेतृत्वमा भरोसा
दिपक के.सी.,दैलेख ।
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा १२,३७२ मत सहित विजयी भएकी छन्। नेपाली काँग्रेसकी उम्मेदवार थापाले आफ्ना प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रबिन्द्र राज शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एनके बस्नेतलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेकी हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मतगणनाको प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धात्मक अवस्था देखिए पनि थापाले अन्तिम चरणमा अग्रता कायम राख्दै विजय हासिल गरेकी हुन्। दैलेख–१ मा यसपटक विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
चुनावी अभियानका क्रममा थापाले दैलेखको समग्र विकास, सडक तथा पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधार, कृषि क्षेत्रको आधुनिकीकरण तथा युवालाई रोजगारी सिर्जना गर्ने एजेन्डा अघि सारेकी थिइन्। स्थानीय विकास र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धताले मतदातालाई आकर्षित गरेकि थिईन् ।
विजयपछि प्रतिक्रिया दिँदै थापाले आफूलाई विश्वास गरेर विजयी बनाउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेकी छन्। उनले जनताको अपेक्षा पूरा गर्न इमान्दार भएर काम गर्ने र दैलेख–१ को विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्।
थापाले भनिन्, “जनताले दिएको विश्वास मेरो लागि ठूलो जिम्मेवारी हो। दैलेखको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम गर्नेछु।” दैलेख–१ मा थापाको जितले स्थानीय राजनीतिमा नयाँ सन्देश दिएको छ। विशेषगरी महिला नेतृत्वप्रति मतदाताले देखाएको विश्वासलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
