गोरखा । गोरखाको क्षेत्र नम्बर १ मा सुदन गुरुङले सुरुवाती अग्रता लिएका छन् । गणना भएको १ सय ९९ मतमध्ये सुदनले ९० मत ल्याएका हुन् ।
दोस्रोमा रहेका काँग्रेसका प्रेमकुमार खत्रीले ४७, तेस्रोमा रहेका नेकपाका हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत पाएका छन् । यो चुमनुब्री गाउँपालिका १ को गणना गरिएको हो। यो गुरुङकै गृहपालिका पनि हो ।
