जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शक्तिबहादुर बस्नेतलाई हराउँदै नेपाली कांग्रेसका खडकबहादुर बुढा निर्वाचित भएका छन्।
बुढाले २० हजार १४२ मत ल्याएर निर्वाचित हुँदा नेकपाका शक्ति बस्नेतले १७ हजार ४०७ मत ल्याएका छन्। एमालेका डम्बरबहादुर सिंहलाई १६ हजार ८८३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राघव कार्कीले २ हजार ४७१ मत ल्याएका छन्।
