झापा–५ मा बालेन्द्र शाहको ऐतिहासिक जित: भारी मतान्तरसहित विजयी


दिपक के.सी.,काठमाडौं ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा जिल्लाकोको क्षेत्र नं.–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार वालेन्द्र शाह (बालेन) भारी मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कमन्युष्ट पार्टी एमाले का अध्यक्ष खड्क प्रसाद सर्मा वलीलाई ६८३४८ मत सहित ठूलो मतान्तरले पछि पार्दै ऐतिहासिक जित हात पारेका छन्। झापा–५ का अधिकांश मतदान केन्द्रमा सुरुदेखि नै अग्रता कायम राखेका शाह अन्ततः भारी मतसहित निर्वाचित भएका हुन्।

शाहको विजयलाई स्थानीय मतदाताले नयाँ राजनीतिक सोच, सुशासन र विकासको अपेक्षासँग जोडेर हेरेका छन्। चुनावी अभियानका क्रममा उनले पारदर्शी शासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माणलाई तीव्रता दिने र युवालाई अवसर सिर्जना गर्ने एजेण्डालाई प्राथमिकता दिएका थिए।

निर्वाचन परिणाम सार्वजनिक भएपछि शाहका समर्थकहरूले झापाका विभिन्न स्थानमा विजयी उत्सव मनाएका छन्। सामाजिक सञ्जालदेखि सडकसम्म उनका समर्थकहरूले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन्।

निर्वाचन जितेपछि प्रतिक्रिया दिँदै शाहले झापा–५ का मतदाताप्रति आभार व्यक्त गर्दै भने, “यो जित मेरो होइन, परिवर्तन चाहने सम्पूर्ण जनताको जित हो। म जनताको विश्वासलाई कायम राख्दै इमान्दारिता र समर्पणका साथ काम गर्नेछु।”

यसअघि काठमाडौं महानगरपालिकाका मेयरका रूपमा काम गरिरहेका शाह देशभर लोकप्रिय युवा नेतृत्वका रूपमा चिनिन्छन्। झापा–५ बाट उनको विजयलाई राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने घटनाका रूपमा राजनीतिक विश्लेषकहरूले व्याख्या गरेका छन्। यस परिणामसँगै झापा–५ को प्रतिनिधित्व अब संघीय संसदमा शाहले गर्ने भएका छन्। उनि नेपालको प्रधानमन्त्री म्यान्डेटका उम्मेदवार हुन ।