दिपक के.सी., काठमाडौं ।
रियल मड्रिडले स्पेनिस फुटबलमा आफ्नो दबदबा कायम राख्दै ऐल्चेलाई ४–१ गोल अन्तरले पराजित गरेको छ। उत्कृष्ट लयमा देखिएको रियल मड्रिडले खेलभर आक्रामक प्रदर्शन गर्दै सहज जित हात पारेको हो।
खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राखेको रियल मड्रिडले पहिलो हाफमै गोलको खाता खोलेको थियो। टोलीका स्टार खेलाडी एन्टोनियो रुद्रीगरले उत्कृष्ट आक्रमण गर्दै पहिलो गोल गरेका थिए। त्यसपछि रियलले लगातार दबाब बनाउँदै मिडफिल्डर फेडेरिको भाल्भर्देले गोलपोष्टको टप कर्नरमा बल लागेर दोस्रो गोल थप्दा ऐल्चे रक्षापंक्ति दबाबमा परेको थियो।
दोस्रो हाफमा पनि रियल मड्रिडको आक्रामक खेल जारी रह्यो। अनुभवी रक्षापङतीमा रहेका डिन हुईजेनले हेड मार्फत गोल गर्दै ३–० को अग्रता दिलाए । र युवा स्टारआर्दा गुलरले सेन्टर पोईन्टबाटै सानदार गोल गर्दै रियलले आफ्नो अग्रता ४–१ सम्म पुर्यायो।
खेलको अन्त्यतिर ऐल्चेले सान्त्वना गोल फर्काए पनि खेलमा फर्किन पर्याप्त भएन। अन्ततः खेल ४–१ को नतिजासहित रियल मड्रिडको पक्षमा टुंगियो।
यस जितसँगै रियल मड्रिडले लिग तालिकामा आफ्नो मजबुत स्थिति कायम राखेको छ भने टोलीको आत्मविश्वास पनि थप बलियो बनेको छ। लगातार राम्रो प्रदर्शन गर्दै आएको रियल मड्रिड उपाधि दौडमा अझ बलियो दाबेदारको रूपमा देखिएको छ।
खेल विश्लेषकहरूका अनुसार रियल मड्रिडको सन्तुलित आक्रमण, बलियो मिडफिल्ड र अनुभवी खेलाडीहरूको प्रदर्शन नै जितको मुख्य कारण बनेको हो। आगामी खेलहरूमा पनि टोलीले यही लय कायम राख्ने अपेक्षा गरिएको छ।
