खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना


काठमाडौँ । खोटाङको केपीलासगढी गाउँपालिका(२ मा हेलिकप्टर दुर्घटनामा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।

शव लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको हो । ुशव ओरालेर फर्किने क्रममा दुर्घटना भएको हो, कुनै मानवीय क्षति भएको छैन,’ उनले भनिन्।

एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।