काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो । रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
अर्थशास्त्रका ज्ञाता उनलाई चुनावअघि नै रास्वपा सभापति रवि लामिछानेले बजेट लेखनको कार्य सुरु गर्न भनेर सार्वजनिक रुपमा भनेका थिए ।
