नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन्।
कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उनले संविधान रक्षाका लागि दृढताका साथ उभिन आग्रह गरे। उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसद्मा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। संविधान संशोधनका मुद्दा उठेकाले सो विषयमा संसद्मा प्रवेश गर्न सक्ने हुँदा राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नहुने उल्लेख गरे।
“यस पटकको संसद्मा वरिष्ठ र पुराना सांसदहरू धेरै छैनन्, पूर्वसांसदको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्छ”, उनले भने।
