सुर्खेत । वीरेन्द्रनगरमा सोमबार साँझ भएको नेकपा एमालेको मसाल जुलुसका क्रममा प्रदर्शनकारीको मुक्का प्रहारबाट प्रहरी निरीक्षक राजन भट्टराईको दाँत भाँचिएको छ। प्रहरीले भिडको सुरक्षा व्यवस्थामा खटिएका आफ्ना प्रहरी निरीक्षकको दाँत भाँच्ने एमाले कार्यकर्तालाई खोजीरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति जारी गरेको प्रेस नोट अनुसार सुर्खेत एमालेको संयोजनमा, पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा ६ बजेतिर वीरेन्द्रनगर नगरपालिका–६ हटिया चोकमा रहेको एमाले पार्टी कार्यालयमा विवाद भएको थियो ।
पार्टी कार्यालय अगाडिबाट मसाल जुलुस निकालेर प्रदर्शनकारीहरू वीरेन्द्र चोक पुगेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले भने, पुनः एमाले पार्टी कार्यालयसम्म आइपुगेको अवस्थामा उक्त कार्यक्रमको सुरक्षा व्यवस्थापनमा खटिएका नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन भट्टराईमाथि प्रदर्शनकारीद्वारा एक्कासि मुक्का प्रहार भयो भट्टराईको अगाडिपट्टिको माथिल्लो दाँत भाँचिएको छ ।
त्यसपछि मुक्का प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न खोज्दा भिड तितरबितर भएको र भाग्ने क्रममा एक जना प्रदर्शनकारीको लडेर टाउकोमा सामान्य चोटसमेत लागेको उनले बताए। ुघाइते प्रहरी निरीक्षक र प्रदर्शनकारी उपचार पश्चात डिस्चार्ज भइसके, बुढ्थापाले भने, ुप्रहरीमाथि हातपात गर्ने व्यक्ति भने फरार छन्, उनको खोजी भइरहेको छ ।ु
यता एमाले कार्यकर्ताहरूले भने प्रहरीले दमन गरेको बताइरहेका छन् ।
