काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सूचना पुनः प्रकाशित गरेको छ। विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्नेबारे आइतबार जारी गरेको सूचना मन्त्रालयले सोमबार बिहानै हटाएको थियो।
सोमबार बिहान हटाइएको सूचना सोमबार साँझ मन्त्रालयले पुनः जारी गरेको ह । सूचनामा आगामी २०८३ साल वैशाख १ गतेदेखि त्यस्ता कक्षाहरु पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

भनिएको छ ‘विद्यालय तहका यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याउने र अभिभावक तथा विद्यार्थीमा अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ।’
