काठमाडौँ । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । प्रतिनिधि सभाको आज बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ९बादल० को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।
उपाध्यक्ष थापाको अभिव्यक्तिप्रति अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन् । सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए । एमाले नेताहरूका अनुसार बादलले दिएको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै भएको थिएन ।
