इजरायल रोजगारीमा जानेको नतिजा सार्वजनिक (सिफारिसको पूर्ण विवरणसहति)


काठमाडौं, असोज १० । रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६ सय जनाको नाम सरकारले सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ ।

१६ सयमध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी पीआइबीएले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् । इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए । कोरोना भाईरस संक्रमणका कारण प्रक्रिया केही ढिला भएको थियो ।[pdf-embedder url=”https://www.indrenisamaj.com/wp-content/uploads/2021/09/Click-Here-to-Download-Result.pdf” title=”Click Here to Download Result”]