काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । डा। कोइरालले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको भेला बोलाइएको जानकारी दिए ।
