सवारी दुर्घटनामा ५ जनाको मृत्यु


काठमाडौं, १२ असोज । भक्तपुर, सूर्यबिनायक नगरपालिका(५ सल्लाघारी चोकस्थित सडकमा प्रदेश ३(०२(००८ प २५०१ नम्बरको मोटरसाइकललाई आरजे ०२ जिबि १९१७ नम्बरको टेलर गाडीले सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर बालकोट बस्ने ४५ वर्षीय गणेश रजौराको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, महाराजगंज नगरपालिका(६ सानो बुटनियास्थित खेत जोत्ने क्रममा लु।४ त ७९२१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँ बस्ने २२ वर्षीय दिलिप कहारको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, सैनामैना नगरपालिका(५ बुद्धनगरस्थित सडकमा ना ८ ख ४४११ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया राधा भट्टराई र उनकै छोरा २२ वर्षीय महेश भट्टराईको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, रतुवामाई नगरपालिका(८ आमडाँडास्थित सडकमा मे।१ त ४४८७ नम्बरको ट्याक्टर र प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर सोमबार सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका ८ बस्ने २८ वर्षीय यादव पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।