कुमारी बैंकको सेयर धनीलाईलाई लाभांश घोषणा 


कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

असोज ११ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ छ। ६ प्रतिशतका दरले ८३ करोड २७ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ पुग्नेछ।